भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मिलोमत्तोमा बालबालिका ओसारपसारःअभिनेता खड्का

मिलोमत्तोमा बालबालिका ओसारपसारःअभिनेता खड्का

काठमाडौं । अभिनेता तथा निर्माता नवल खड्काले राज्यले अभिभावकत्व नगरेको कारण बालबालिका ओसारपसार भइरहेको आरोप लगाएका छन् । उनले राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलि भगतमा बालबालिका किनबेच र व्यापारको बस्तु भइरहेको दाबी गरे ।

शुक्रबार संवाद डबलीले आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अभिनेता खड्काले गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताए । ‘राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात बाँचेर, बालबालिकालाई माग्ने काममा लगाउने धन्दाको अन्त्य हुन्छ’ खड्काले भने ‘खुल्ला सिमानाको दुरुपयोग गर्दै बालबालिका, महिला बेचबिखन भइरहेका छ ।’

अपराधिक गतिविधि रोक्नका लागि नै आफुले सिमानामा काँडेतार अभियानमा जोड दिएको उनको भनाई राखेका थिए । कार्यक्रममा महिला जेष्ठ नागरिक तथा बालबालिका मन्त्रालय मातहतको राष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम व्यवस्थापक नमुना भुसालले परिवारसँगै बस्न पाउनुपर्ने बालबालिकाको पहिलो अधिकार रहेको बताइन् ।

उनले गाउँबाट बालबालिका ल्याएर केही बालगृहले कमाउ धन्दा चलाइरहेको प्रति परिषदले अनुमगन थालेको जानकारी दिइन् । भुसालले अहिले ४४ जिल्लामा गरि ४५४ बालगृह रहेको जानकारी दिँदै केही बालगृहलाई बालबालिकाले पालेको दाबी गरिन् । उनले भनिन् ‘परिषदले गरेको अनुगमनले कर्णाली लगायतका दुर्गम जिल्लाबाट ल्याइने अधिकांश बालबालिकाका आमाबुबा भएको पाइएको छ ।’

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकाल, हिमाली नविन समाजका कार्यकारी निर्देशक डिबी लामा, किप इन फ्यामिली टुगेदरका कोर्डिनेटर भविन्द्र राई, नेकपा माओवादी केन्द्रका हुम्ला जिल्लाका स्थानिय नेता रण सिंहले कार्यक्रममा बालबालिका सम्बन्धि बिभिन्न बिचार राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.