भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न तनहुँमा एमसीए नेपालको आग्रह

मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न तनहुँमा एमसीए नेपालको आग्रह

काठमाण्डौ । रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटबल सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ ।
मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले चार सय के.भि विद्युत् प्रसारण आयोजना अन्तर्गत उक्त जग्गा अघिग्रहण प्रक्रिया अघि बढाएको हो ।

आ–आफ्नो हकदैया वा भोगचलनसम्बन्धी निस्सा प्रमाणसहित रितपूर्वकको निवेदन कार्यालयमा पेस गर्न भनिएको छ । साथै जग्गा प्राप्त गर्नु नपर्ने कुनै मनासिव कारण भए खोलेर सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमार्फत् गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

यसअघि रातामाटे सबस्टेसनदेखि नयाँ दमौली सब स्टेसन खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा पर्ने जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न अनुरोध गरिएको थियो ।

एमसीए–नेपालले तनहुँको आँबुखैरेनी, बन्दीपुर, ऋशिङ्ग र घिरिङ गाउँपालिका तथा व्यास नगरपालिका क्षेत्रमा पर्ने जग्गा र संरचना अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको हो ।

उक्त क्षेत्रमा अधिग्रहण गरिने जग्गाहरु मंगलबारदेखि नै रोक्का रहने र कुनै पनि संरचना थप्ने काम नगर्न र नगराउन सार्वजनिक सूचनामार्फत् सूचित गरिएको छ । एमसीए–नेपालले कंगबार सूचना निकालेर २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा बालीनालीलगायतका अन्य संरचना भए त्यसको समेत मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न भनेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.