भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

इराकमा आइतवार र सोमवार तीन जनालाई फाँसी

इराकमा आइतवार र सोमवार तीन जनालाई फाँसी

एजेन्सी । इराकमा तीन जनालाई फाँसी दिइएको छ । इराकको राजधानी बग्दादमा सन् २०१६ मा तीन सय जनाभन्दा धेरैको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा संलग्न रहेको ठहरसहित तीन जनालाई फासी दिइएको हो । आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाई सन् २०२१ मा पक्राउ परेका थिए ।

फाँसी दिइएकामध्ये उनी एक हुनसक्ने अनुमान गरिएको समाचार संस्था एएफपीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा घटना भएको थियो ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन । उनीहरूलाई आइतवार र सोमवार फाँसी दिइएको हुन सक्ने अनुमान छ । द इस्लामिक स्टेट ग्रुप (आईएस) ले यो आक्रमण आफूले गरेको जनाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.