भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिदै

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिदै

हेटौंडा । बागमती प्रदेश सभाको दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

केही हप्ताअघि केन्द्र सरकारमा राजनीतिक समिकरण बदलिएसँगै बागमतीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए । गएको पुस २६ गते बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी र राप्रपाको संयुक्त गठबन्धनबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेल र

आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया र जलस्रोत सिँचाइ र उर्जा मन्त्रीका रूपमा उद्धव थापासहित मन्त्रिपरिषद् गठन भएको थियो ।वर्तमान मन्त्रिपरिषदबाट राप्रपा बाहिरिसकेको छ । नेकपा एमाले भने कुनै प्रतिक्रिया नजनाई सरकारमा सहभागी भएको छ।

बागमती प्रदेश सभाका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टी गरी ७ दलका ११० जना सांसद छन् । वर्तमान सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री जम्कट्टेललाई ५६ मत आवश्यक पर्नेछ।

 


Thali Mobile Pvt.Ltd.