भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

मुगुमा खाद्य संकट नजिकियाे, गोदाम खाली भएपछि स्थानीय चिन्तित

मुगुमा खाद्य संकट नजिकियाे, गोदाम खाली भएपछि स्थानीय चिन्तित

मुगुका खाद्यान्न गोदाम खाली ।
तत्काल ६ हजार क्विन्टल खाद्यान्न माग ।
विपतमा मात्रै वितरण गर्ने गरी ५ सय क्विन्टल खाद्यान्न मौज्दात ।

मुगु ।  कर्णाली प्रदेशको मुगुममा रहेका खाद्यान्न गोदाम तथा डिपोहरु खाली भएका छन् ।  जिल्लामा रहेका खाद्यान्न तथा व्यापार कम्पनी शाखाको गोदाम र डिपोहरुमा खाद्यान्न मौज्दात खाली भएको हो ।  खाद्यान्न मौजात नभएपछि मुगु जिल्लामा तत्काल ६ हजार क्विन्टल खाद्यान्न माग गरिएको छ । छायानाथ–रारा नगरपालिकामा मात्रै २ हजार क्विन्टलको माग गरिएको छ ।

जिल्लाको सोरुमा १ हजार ५ सय, खत्याडमा १ हजार ५ सय र मुगुमकार्मारोङ गाउँपालिकामा १ हजार क्विन्टल खाद्यान्न तत्काल उपलब्ध गराउन जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हवाईमार्ग अथवा सडक मार्गबाट भए पनि उपलब्ध गराउन माग गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

वर्षमा ढुवानी गरेको सबै चामल बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले जनाएको छ । गत आर्थिक वर्षको खाद्यान्न सकिएको र यो आर्थिक वर्षको खाद्यान्न ढुवानी गर्ने प्रक्रियाअनुसार ठेक्का प्रक्रियामा रहेको जनाइएको छ । गमगढी बजारमा रहेको कम्पनीको शाखा कार्यालयमा रहेको गोदाममा ५ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको र उक्त खाद्यान्न दैवी प्रकोप, आपत्विपत् परेपछि मात्र वितरण गर्ने गरी साउन महिनाको २८ गतेबाट सर्वसाधारणका लागि खाद्यान्न वितरणमा सूचना जारी गर्दै बन्द गरिएको थियो ।

वर्षाका कारण कर्णाली राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएकाले हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्नुको विकल्प छैन । छिटोभन्दा छिटो खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन सरोकारवाला निकाय, प्रदेश सरकारलगायत सम्बन्धीत नीकायहरुमा जानकारी गरिसकेको प्रजिअ निरौलाको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.