मुस्ताङमा पहिलोपल्ट कृषि तथा पर्यटन महोत्सव

मुस्ताङमा पहिलोपल्ट कृषि तथा पर्यटन महोत्सव

जोमसोम । हिमाली जिल्ला मुस्ताङमा कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । जिल्लाकै कृषि र पर्यटन प्रवद्र्धन र विकास गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले पहिलोपटक ‘कृषि तथा पर्यटन महोत्सव २०८०’ को आयोजना गरिएको हो ।

महोत्सव शुभारम्भअघि बाजागाजा, विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित मुस्ताङको पुथाङ एयरपोर्टदेखि जिल्ला प्रशासन कार्यालय हुँदै जोमसोमबजार परिक्रमा गर्दै घरपझोङ महोत्सव स्थलसम्म र्‍याली प्रदर्शन गरिएको थियो।

‘महोत्सव सफल पारौं, कृषि र पर्यटन प्रवद्र्धनमा हातेमालो गरौं’ भन्ने नारासहित निस्किएको र्‍यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पनि सहभागिता थियो ।

संघीय तथा प्रदेश सांसद, पूर्वसंघीय तथा प्रदेश सांसदहरू, संविधानसभा सदस्यहरू, विभिन्न संघसंस्था, सुरक्षा निकाय, कर्मचारी, विद्यालयका विद्यार्थी तथा शिक्षक,

गुम्बाहरूका लामा, नागरिक समाज, पत्रकार र गाउँ समाजका नागरिकलगायतले महोत्सवको र्‍यालीमा सहभागिता जनाएका थिए। र्‍याली घरपझोङ गाउँपालिका कार्यालय प्राङ्गणमा पुगेर टुंगिएको थियो।

 


Thali Mobile Pvt.Ltd.