भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

मृतक वा घाइतेको उद्धारका लागि सशस्त्र प्रहरीलाई स्ट्रेचर सहयोग

मृतक वा घाइतेको उद्धारका लागि सशस्त्र प्रहरीलाई स्ट्रेचर सहयोग

काठमाडौँ । विपद्का बेला मृतक वा घाइतेको उद्धारका लागि प्रयोग गर्न सशस्त्र प्रहरी बल नेपाललाई एक व्यक्तिले स्ट्रेचर सहयोग गर्नुभएको छ । पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बु निवासी डा निमा नाम्गेल शेर्पाले आज सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँलाई १५ थान स्केड स्ट्रेचर प्रदान गर्नुभएको हो ।

यसको मूल्य रु छ लाखभन्दा बढी रहेको जनाइएको छ । बाहिनीको बलम्बुस्थित कार्यालयमा आयोजित एक समारोहका बीच शेर्पाले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई स्टेचर हस्तान्तरण गर्नुभएको हो । डा शेर्पाले विपद् उद्धारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त उद्धार सामग्रीको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त स्ट्रेचर नेपालको कठिन भूबनोट तथा अप्ठ्यारो स्थानमा विपद् प्रतिकार्य तथा उद्धारमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । उक्त स्ट्रेचर सशस्त्रको उपत्यकाका विभिन्न युनिटमा प्रयोग गरिने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.