काठमाडौं । मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा हल्का बर्षा भइरहेको छ । आज देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको र तराई क्षेत्रका केहि स्थानमा हल्का बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाए छ ।
भारी बर्षाको समेत सम्भावना रहेकोले पहाडी भू भागमा भू क्षय, पहिरो जाने, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी बर्षा मापन भएको छ। मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम भएकाले उच्च सतर्कता अपनान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
