भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या, दुई पक्राउ

मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या, दुई पक्राउ

सदाको बलात्कारपछि हत्या भएको हो ।

सदाको हत्यामा संलग्न रहेको आरोपमा समातिएका दुईजनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

बलात्कारपछि हत्या घटनामा संलग्न महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले बताए ।

अमृतालाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्‍याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ ।

१ मंसिरमा विपीनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका–५ बाट पक्राउ गरिएको हो । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.