भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

मोबाइल लुटेरालाई कारबाही गर्न व्यवसायीहरुको माग

मोबाइल लुटेरालाई कारबाही गर्न व्यवसायीहरुको माग

काठमाडौं । सोमबार नयाँ बसपार्कमा भएको लुटपाटमा संलग्नहरुलाई कारवाही गर्न मोबाइल व्यवसायीहरुले माग गरेका छन् ।
काठमाडौंको नयाँ बसपार्कस्थित ल्होत्से मलमा यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा भएको लुटपाटमा संलग्नहरुलाई कारबाही गर्न माग गरेका हुन ।

यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार गरेको प्रदर्शनको क्रममा मोबाइल पसलमा लुटपाट भएको र ती मोवाइल लुटेराहरुलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् । सोमबार भएको लुटपाटमा ८ देखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको नेपाल मोबाइल व्यवसायी संघले दाबी गरेको छ ।

यातायात मजदुरहरुको प्रदर्शनका क्रममा ल्होत्से मलमा रहेका मोवाइल पसलहरुमा लुटपाट भएको थियो । ब्यवसायीहरुले लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.