भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

मोरक्को भूकम्पमा २ हजारबढीको मृत्यु

मोरक्को भूकम्पमा २ हजारबढीको मृत्यु

एजेन्सी । मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परि २ हजार १२ जनाको मृत्यु भएको छ २ हजार ५१ भन्दा बढी घाइते भएका छन् ।

६.८ रेक्टरको भूकम्पबाट मृत्यु हुनेको संख्या बढेको हो । मृतकमध्ये आधाभन्दा बढी अल हाज र तारुदान्ट प्रान्तका रहेको संचारमाध्यमले जनाएका छन् ।

यसबाहेक मोरक्कोको ओआरजाजेते, चिचौआ, अजीलाल र युसेफिया प्रान्तका साथै माराकेश, अगादिर र कासाब्लान्का क्षेत्रका मानिसले पनि ज्यान गुमाएका छन् ।

भूकम्पबाट मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि हुनसक्ने बताइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु पर्यटकीय सहर माराकेशबाट ७१ किलोमिटर दक्षिण–पश्चिममा १८.५ किलोमिटर गहिराइमा थियो ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.