भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

पाँच जनप्रतिनिधिको पद रिक्त

पाँच जनप्रतिनिधिको पद रिक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा एक जना प्रदेशसभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त रहेको छ । प्रदेश र स्थानीय तह गरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएकोमा सुदूरपश्चिममा मात्रै पाँच पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो । गत असार ५ गते निधन भएपछि उक्त पद खाली छ । जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको निधन भएपछि उक्त पद रिक्त रहेको छ ।

डोटीको पूर्वाचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको पनि निधन भएकाले पद रिक्त छ । गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ । दार्चुलाको दुहु गाउँपालिका–५ का वडाध्यक्ष मनोरथ भट्टको निधन भएर पद रिक्त छ ।

मंसिरमा प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन सरकारले गत वैशाखमै गरेको थियो भने प्रदेश र स्थानीय तह रिक्त पदको उपनिर्वाचन आगामी वैशाखमा गर्ने तयारी सरकारले गरेको छ । पद रिक्त रहेका निर्वाचन क्षेत्र सरकारलाई जानकारी गराइएको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । संविधानअनुसार चाँडै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.