भर्खरै : Sorry, your browser does not support inline SVG.
विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी | रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, मृत्यु हुनेको संख्या १७७ पुग्यो | १ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति |

मौलिकता गुमाउँदै सुदूरपश्चिमको होली

मौलिकता गुमाउँदै सुदूरपश्चिमको होली

काठमाडाैं । हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गरिन्छ ।

विभिन्न देवीदेवताका गाथा एवम् स्तुति तथा इतिहास, प्रसिद्ध वीर पुरुषका गाथालगायत सामाजिक तथा प्राकृतिक विषयवस्ुतमा आधारित गाथा प्रस्तुति हुने गरेपनि पछिल्लो समय केवल रङ्गमा मात्रै होली सीमित हुने गरेको छ । साहित्यकार कविराज भट्ट होली प्रस्तुतिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन् ।

‘खडी’ होली गोलाकार रुपमा पङ्तिबद्ध भई नृत्य तथा अभिनय गर्दै प्रस्ुतत हुन्छ भने ‘बैठी’ होली बसेर तालीसँग खेल्ने गरिन्छ । “अहिलेको पुस्ता त होली भनेपछि रङग दल्ने मात्रै बुझ्न थालेको छ, होलीको आफ्नै मौलिकता छ”, उहाँले भन्नुभयो–“होलीको महिमा र गरिमालाई अहिलेका पुस्ताले अपनाउनु जरुरी छ ।”

होलीमा विभिन्न लोक बाजाको प्रयोग गरिन्छ । देवस्थल, सार्वजनिकस्थल तथा घर–घरमा गएर होली खेल्ने चलन छ । होली विजय तथा खुसीयालीको पर्व भएकाले विशेष गरी रङ लगाउँदै मनोरञ्जन गरिन्छ । होलीमा विभिन्न विषय वस्तुमा आधारित गाथाका साथै आशिर्वादसमेत दिने गरेको पाइन्छ । होलीमा प्रस्तुत गरिने गाथामा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक सङघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतत्रन्धुले बताउनुभयो ।

“भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुलाई झल्काउने भएकाले यसको गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ”, उहाँले भन्नुभयो–“वर्तमान समयमा पश्चिमा संस्कृति हाबी हुँदै गएपछि हाम्रा मौलिक पहिचान बोकेका संस्कृति लोप हुँदै गएका छन् ।”

होलीलाई अतिरञ्जनात्मक बनाइ मादकपदार्थ सेवन तथा जथाभावी रङ दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गएको छ । “होलीको मौलिकता हराउनु भनेको हाम्रो इतिहास र मौलिक पहिचान हराउनु हो ।” पन्तले भन्नुभयो–“यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।”

होलीमा गाइने लोक गीतसँगै प्रयोग हुने लोकबाजासमेत हराउन थालेको छ । अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने र रमाइलो गर्ने गरिन्छ । हाम्रा लोकबाजा र मौलिक गीत हराउन थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.