भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

यमनमा ड्रोन आक्रमणमा चार जना सैनिकको मृत्यु

यमनमा ड्रोन आक्रमणमा चार जना सैनिकको मृत्यु

एडेन । हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन तैनाथ गरी धलियाको उत्तरी क्षेत्रहरूमा सरकार समर्थक सेनाका सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएको ती अधिकारीले बताए ।

उनले सो ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु भएको र थुप्रै घाइते भएको उल्लेख गरेका छन् । आक्रमणले सैन्य क्षेत्रलाई क्षति पुर्‍याएको र सशस्त्र गाडी पूर्ण रूपमा नष्ट भएको पनि जानकारी दिएका छन् । अधिकारीका अनुसार हुथीहरूले दक्षिणी प्रान्तहरूमा अन्य मोर्चाहरूमा पनि सैन्य आक्रमणलाई तीव्रता दिँदै आएका छन् । यमन सन् २०१४ देखि विनाशकारी गृहयुद्धमा फसेको छ हुथीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारविरुद्ध लडिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०२२ अप्रिलमा यमनमा मानवीय युद्धविरामको मध्यस्थता गरेको थियो । सुरुमा हिंसालाई उल्लेखनीय रूपमा घटाएर शान्तिपूर्ण समाधानको आशा पनि जगाएको थियो । तर गत वर्षको अक्टोबरमा युद्धविरामको म्याद सकिएपछि देशका विभिन्न क्षेत्रमा छिटपुट सशस्त्र भिडन्तहरू पुनः सुरु भएका छन् ।

संयुक्त राष्ट्रसंघले द्वन्द्वको राजनीतिक समाधानका लागि मध्यस्थता गर्ने काम गरिरहेको छ तर युद्धरत पक्षहरू बीचको विश्वासको कमी र त्यहाँ जारी हिंसा लगायतका कारण विगतका प्रयासहरू असफल भएका छन्।

 


Thali Mobile Pvt.Ltd.