भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यसपालीको जनगणनामा नेपालमा थपिए दुई जाति

यसपालीको जनगणनामा नेपालमा थपिए दुई जाति

गोरखा । गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले यसपालीको १२ औं राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन् । चुम र नुब्री उपत्यकाका भोटे लामा समुदायले छुट्टै जातिका रूपमा पहिचान समेटेका हुन्।

गणकसँग चुमवासीले जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका हुन् । लामा थर लेख्ने उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङअन्तर्गत सूचीकृत गरिएको थियो। युवाहरूको सामूहिक पहलमा जनगणनामै वास्तविक जात र भाषा लेखाउने अभियान सञ्चालन गरिएको किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए।

आफ्नो पहिचान कायम गराउन स्थानीय युवाहरु नै गणकमा खटिएको नुब्री क्षेत्रका पेमा ग्याल्बो लामाले बताए। चुमनुब्री गाउँपालिकाका बासिन्दाको जनगणना गर्दा कोड नम्बर उल्लेख नगरी पठाउन निर्देशन दिइएको जिल्ला जनगणना कार्यालय गोरखाका प्रमुख महेन्द्रप्रसाद ढुंगानाले बताए। ढुंगानाले भने, ‘उहाँहरू छुट्टै खालको लामा हो ।

तर, २०६८ सालको जनगणनामा भूलबश तामाङमा सूचीकृत भएको रहेछ, यसपटक चुम्बा र नुब्री जातिलाई कोड नम्बर दिन नसके पनि जनगणनाको कोडिङ, डिकोडिङ गरी नतिजा दिने बेला विभागले नै थपिदिने व्यवस्था भएको छ।’ गोरखामा जनगणनाका लागि ४ सय ४ जना गणक खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.