हुम्ला, जुम्ला, डोल्पा, मुगु, सल्यान, जाजरकोट
मिलेको कर्णाली प्रदेश मधेशसँगै भोट
दैलेख, सुर्खेत, रुकुमसँगै माथि कालिकोट
मधेसमा रमाइला फाँट छन्, सँगै हास्ने भोट
रारा र फोक्सुण्डो यहि छन्, कर्णालीका शिर
एक चोटी घुमेर जाउँला देश दुनियाँ फिर
पानी माथि आगो बल्ने दैलेख पंचकोशी
बाँके र बर्दिया छुट्यो कै बैरीले खोसी
पँचाल झरना तिलागुफा काँक्रेबिहार पनि
यार्सा गुम्बा स्याउ, सुन्तला प्रकृतिको धनी
फापर, कोदो, सिमी, मार्सी, सिस्नु, अल्लो नामले
गौरब लाग्छ ताल तलैँया, हिउँ खेल्नेका जामले
भित्री मधेस पहाडको हिमाल हाँसेकै छ
हात्ती, गैंडा, डाँफे, मुनाल, मयूर नाँचेकै छ
कोट दरवार जडिबुटी संरक्षण गर्नुछ
यहि माटोमै सुन फल्नेछ बौदिक्ता भर्नुछ
खानी, खोला प्रसस्तै छन्, पर्यटक हेर्ने
लामै छ कर्णाली नदी, जनताले श्वास फेर्ने
तामा खानी, फलाम खानी यतै छ तेलखानी
आइजाओ बिदेशी पाउना, लाइदिउँला मेजमानी
कर्णाली प्रदेशको चिनो आयर लैजानु
नभएको पुगाइ जानु घुमेर गैजानु
Dabal Kathayat
