भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

यातायातका साधनहरु रोकेरै पुल निर्माण, दैनिक चार घण्टा सडक बन्द हुने

यातायातका साधनहरु रोकेरै पुल निर्माण, दैनिक चार घण्टा सडक बन्द हुने

काठमाडौं । मंगलबारदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा पुलहरु निर्माण गर्न दैनिक चार घण्टा सवारी साधन रोकिने जनाइएको छ । मंगलबार देखि एक महिनाका लागि दैनिक ४ घण्टा सडकमा सवारी आवागमन रोकेर काम गर्न लागिएको जनाइएको हो । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुलहरुको निर्माण गर्न सडकको भित्तो काट्नुपर्ने जस्ता कार्यहरुका लागि सवारी रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी गराएको छ ।

नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनिबस, माइक्रो बस, साना सवारीसाधनलाई पन्ध्र किलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोकिने र मालवाहक ट्रक, लरी, ट्रेलर, टिपर, ट्यांकरलगायत भारी सवारी साधनलाई भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः५० बजेदेखि रोकिने जनाइएको छ ।
आयोजनाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन रोकिने जनाइएको छ ।

भौगोलिक रूपमा कठिन सिमलताल, कालीखोला, तुइनखोला र चिसेन्जी खोलामा पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोकिएको उल्लेख गरिएको छ । काठमाडौंतर्फबाट जाने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरेनीमा बिहान १०ः४५ बजे रोकिने छ ।

एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने बताइएको छ भने काठमाडौंबाट जाने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारी साधनलाई बेनीटारदेखि मस्र्याङ्दी पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ ।

 


Thali Mobile Pvt.Ltd.