काठमाडौं । आजभोलि मानिसहरु दोधारमा छन् । मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव परिरहन्छ । यतिबेला रुघाखोकी हो कि कोरोना हो ? चिन्नै अप्ठयारो छ । त्यसैले चिकित्कको सल्लाह बमोजिम हामीले यहाँ रुघाखोकी र कोरोना संक्रमण चिन्नका लागि सहजहोस भन्ने हेतुले चिन्ह तथा लक्षण राखेका छौं ।
रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? भन्ने द्विविधा केहि हदसम्म हट्न सक्छ । जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेको कोरोना चिन्ने सुझाव यस्तो छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको हुनाले रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनु स्वभाविक हो । तर हो कि होइन भन्ने कुरा कसरी थाहा पाउने ?
जान्नै पर्ने केही लक्षणहरु…
मौसमी रुघा खोकीका लक्षण
नाक बन्द हुने
नाकबाट पानी आउने
हाँच्छ्यु आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने र
छोटो समयमा निको हुने गर्दछ ।
कोरोना संक्रमणका लक्षण
सुख्खा खोकी लाग्ने
उच्च ज्वरो आउने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा र र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने र बोलि परिवर्तन हुने
निको हुन १० दिन लाग्न सक्ने
खाना नरुच्ने
अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने
यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पीसीआर परीक्षण गर्ने । भिडभाडमा नजाने । अरुमानिसको सम्पर्कबाट टाढै रहहे । आवश्य र भेट्नै परे दई मिटर परबाट मास्कलगाएर कुराकानी गर्ने । जरुरी नपरे घरभित्रै बस्ने । यस्ताे लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्ने ।
