भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

युवक हत्यामा तीन जना पक्राउ

युवक हत्यामा तीन जना पक्राउ

कैलाली । जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।

राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेले बताए ।

तिमल्सिनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.