भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

युवतीको पुरै कपडा खाेलेर एक्सरे गर्ने अस्पतालका स्वास्थ्यकर्मी पक्राउ

युवतीको पुरै कपडा खाेलेर एक्सरे गर्ने अस्पतालका स्वास्थ्यकर्मी पक्राउ

१५ असार २०७७ घोराही । १९ वर्ष कि एक युवती एक्सरे गर्न दाङको एक निजी अस्पतालमा जाँदा उनलाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीवाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो ।

युवतीलाई निर्वस्त्र पारेर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका वडा न ५ का २२ वर्षीय नवराज डाँगी पक्राउ गरेको प्रहरीले बताएको छ । घोराही लुहासुरस्थित गोर्खा हस्पिटलमा उनी एक्सरेका लागि गएकी थिइन । उनलाइ अस्पतालका एक्सरे गर्ने युवाले एक्सरे गर्दा पुरै कपडा खोल्नु पर्छ भनेर जवरजस्ती कपडा खोल्न लगाएको ती युवतीले बयान दिएकी छन् । युवतीले अस्पतालमा भएको कुराकानी परिवारसंग बताएपछि उनका आफन्तले प्रहरीमा उजुरी दिएका थिए ।

अस्पतालमा एक्सरे गराउन गएकी महीलालाईसंवेदनशिल अंग पनि नाङ्गो गराएर एक्सरे गराएको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए । घोराही १ कि १९ वर्षिया ती युवतीले अस्पतालमा काम गर्ने टेक्निसियनले आफुलाई दुव्र्यवहार गर्न खोजेको भन्दै उजुरी दर्ता गराएपछि डाँगीलाई पक्राउ गरिएको हो ।

अहिले घटनाको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले बताए । अस्पतालमा अहिले पुरै शरीर नाङ्गो बनाएर एक्सरे गरादा रहेछन् है भनेर ती युवतीले आफन्तलाई भनेपछि घटना सार्वजनिक भएको हो । सार्वजनिक भए लगतै प्रहरीले एक्सन थालेको हो ।

 


Thali Mobile Pvt.Ltd.