यूएईमा थप ५ सहित विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २०० पुग्यो

यूएईमा थप ५ सहित विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २०० पुग्यो

काठमाडौं । विश्वव्यापी कोरोना महामारीबाट विदेशमा थप पाँचजना नेपालीको मृत्यु भएको छ। यो साता मृत्यु भएका सबै नेपालीहरू युएईमा कार्यरत थिए । विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २०० पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ। जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता संक्रमणदर सामान्य वृद्धि भएको छ । संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीको मृत्यु भएको छ। हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.