भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

रक्तसञ्चार सेवाको ५५ औँ स्थापना दिवस, तीन लाख २१ हजार यूनिट रगत विरामीलाई उपलब्ध

रक्तसञ्चार सेवाको ५५ औँ स्थापना दिवस, तीन लाख २१ हजार यूनिट रगत विरामीलाई उपलब्ध

१२ साऊन काठमाण्डौँ । यो वर्ष दुई लाख ३८ हजार आठ सय ३६ यूनिट रगत संकलन भई तीन लाख २१ हजार सात सय ७६ यूनिट रगत विरामीलाई उपलब्ध गराईएको नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रले जनाएको छ । स्थापनाको ५४ औँ बर्ष पूरा भएको अवसरमा आज प्रकाशित प्रतिवेदनमार्फत् यो जानकारी दिईएको हो ।

देशभरीमा विभिन्न संघ–संस्थाहरूबाट ३,४७८ वटा घुम्ती रक्त संकलन गरिएको छ भने केन्द्रीय रक्त सञ्चार सेवाबाट मात्रै ३९,७५५ यूनिट रक्त संकलन गरिएको छ । कोभिड महामारीको अवस्थामा सेवा स्थापना दिवस विभिन्न स्थानमा भीड नगरी कार्यक्रम मनाइएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

कोभिड १९ संक्रमणले रक्तसञ्चार सेवा प्रभावित भएपनि रक्तदाता र रक्तसंचार सेवा सँग सम्वद्ध संघसंस्थाको सहयोगमा संक्रमण जोखिम न्यूनीकरणमा ध्यान दिँदै सेवा प्रवाह गरिँदै आएको सेवा केन्द्रले जनाएको छ । रक्तसञ्चार सेवा केन्द्रले जस्तोसुकै विपद् तथा महामारीको समयमा पनि रगतको सहज व्यवस्थापनको पहल गरेको केन्द्रीय रक्तसञ्चार व्यूरोका संयोजक डाक्टर रेखा मानन्धरले बताइन् ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले कोभिड १९ बाट सुरक्षित हुनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै रक्तसञ्चार सेवाका गतिविधिहरु सञ्चालन गरिएको र विभिन्न साझेदारसँग मिलेर गुणस्तर बृद्धिको लागि प्रयत्नशील रही आएको बताए ।

 


Thali Mobile Pvt.Ltd.