भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रसुवागढी नाका फेरी बन्द

रसुवागढी नाका फेरी बन्द

काठमाडौं । चिनियाँ भन्सार यार्डका श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल–चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ ।

कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए ।

चिनियाँ कामदार ल्होसार छुट्टीमा गएपछि आयात पनि अहिले ठप्प भएको छ । झण्डै १० दिन आयात प्रभावित हुने रेग्मीले बताए ।

श्रमिक बिदामा जाँदा शुक्रबारदेखि आयात ठप्प भएको तातोपानी भन्सार कार्यालय चिनियाँहरु बिदाबाट फर्कीएपछि सम्भवत मंगलबारबाट नाका सञ्चालनमा आउने उनको भनाई छ । नाका खुलेपछि दैनिक २५ कन्टेनर सामान नेपाल आउने उनले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.