राक्सिराङ गाउँपालिका मकवानपुरको मतगणना रोकियो

राक्सिराङ गाउँपालिका मकवानपुरको मतगणना रोकियो

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पाँचवटा मतपत्र भेटिएपछि मतगणना कार्य रोकिएको हो ।

अहिलेसम्म गणना भएको परिणाम अनुसार एमालेका बाबुलाल स्याङतान १७०८ मतका साथ अग्रस्थानमा रहेका छन् । कांग्रेसका राजकुमार मल्लले १६२२ मतका साथ बाबुलाललाई पछ्याइरहेका छन् ।

उपाध्यक्षमा पनि एमालेकी सुन्तलीमाया चेपाङ १६०९ मतका साथ अघि छन् भने उनलाई माओवादीका बनस्तम थिङले १४८४ मतका साथ पछ्याइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.