भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

राखेप बन्यो पदाधिकारीविहीन

राखेप बन्यो पदाधिकारीविहीन

२० असार २०७७ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारीविहीन बनेको छ । खेलकुद विकास ऐन २०४८ लाई खारेज गरेर आएको नयाँ ऐन २०७७ कार्यान्वयन भएसँगै २०४८ को व्यवस्थाअनुसार नियुक्त भएका पदाधिकारीहरू बिहीबारदेखि स्वतः पदमुक्त भएका छन् ।

ऐनमा पुरानो व्यवस्थाअनुसार नियुक्त कर्मचारीहरू यथावत रहने स्पष्ट उल्लेख भए पनि पदाधिकारीहरूबारे ऐन मौन रहँदा पछिल्लो २४ घण्टादेखि राखेप पदाधिकारी विहीन बनेको हो । नयाँ ऐन कार्यान्वयमा आउँदा सदस्य सचिव रमेशकुमार सिलवाल र उपाध्यक्ष पिताम्बर तिम्सिना यथावत रहने मन्त्रीले बताएका थिए । तर, ऐन कार्यन्वयनको पहिलो दिन नै सदस्य सचिव र उपाध्यक्षले ऐन स्पष्ट नपारेको अवस्थामा ठोस निर्णय नभएसम्म नफर्किने बताए ।

कुनै कारणले सदस्य सचिवको पद रिक्त भएमा वा निलम्बन भएमा अर्को सदस्यसचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मका लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को बरिष्ठतम् कर्मचारीलाई निमित्त सदस्य सचिवको रुपमा कामकाज गर्ने प्रावधान छ ।

 


Thali Mobile Pvt.Ltd.