राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहार

राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहार

नयाँदिल्ली । केही सातादेखि मणिपुर हिंसामा जलिरहेको छ । आमजनतासँगै प्रशासनिक अधिकारी र राजनीतिज्ञलाई पनि बदमासहरुलेले निशाना बनाउँदै लगेको छ । यसै सन्दर्भमा बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ ।

मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ । यो घटना बाहिर आएपछि समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै विदेश राज्यमन्त्रीले भने, ‘म अहिले आधिकारिक कामका लागि केरलामा छु । धन्यबाद हिजो राती मेरो घरका कोही पनि घाइते भएनन् ।

बदमाशले हानेको पेट्रोल बमले मेरो घरको भुइँ तल्ला र पहिलो तल्लामा क्षति पुगेको छ ।’ यसबाहेक, उनले भने कि ‘मेरो गृह राज्यमा के भइरहेको छ देख्दा धेरै दुःख लागेको छ। म अझै पनि शान्तिको लागि अपील गरिरहनेछु । यस्तो हिंसा गर्नेहरू पूर्णतया अमानवीय छन् ।’

 


Thali Mobile Pvt.Ltd.