भर्खरै : Sorry, your browser does not support inline SVG.

रात्रिकालीन उडान सफल भएपछि पोखराबासीमा खुसीयाली

रात्रिकालीन उडान सफल भएपछि पोखराबासीमा खुसीयाली

पोखरा । हवाई दुर्घटनापछि सुस्ताएको पोखराको हवाई उडान विस्तारै गति लिन थालेको छ । सेती खोँचमा यती एयरलाइन्सको विमान माघ १ मा दुर्घटनापछि हवाई यात्रुको चाप ५० प्रतिशत घटेको थियो ।

विमानस्थलको आन्तरिक प्रस्थान विन्दुतर्फ यात्रुको चाप बढ्न थालेको छ । शौर्य एयरलाइन्सले रात्रिकालीन उडान—सेफ ल्यान्डिङ गरेपछि पोखराबासीमा खुसीयाली छाएको छ ।

सौर्य एयरको विमान बुधबार राति पोखरा विमानस्थलमा सफल अवतरण भएको हो ।

३३ जना यात्रु बोकेर काठमाडौँबाट उडेको सौर्यको ‘९ एन–एएमई जेट इन्जिन जहाज’ राति ८ः४५ बजे पोखरा विमानस्थलमा सफल अवतरण गरेको प्रमुख विक्रम गौतमले बताए । काठमाडौँ—पोखरामा रात्रिकालीन पहिलो उडान हो ।

रात्रिकालीन उडान सुरु भएसँगै डिले भएका उडान सहज हुने विमानस्थल प्रवक्ता जशोदा रेग्मीले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.