भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी दोहा जाँदै

प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी दोहा जाँदै

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको राजधानी दोहा जाँदैछन् । अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन साँझ दोहा प्रस्थान गर्ने सचिवालयले जनाएको छ ।

श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत जाने भएका हुन् ।

श्रेष्ठले ५ देखि ९ मार्च (फागुन २१ गतेदेखि २५ गतेसम्म) दोहामा आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् ।

७ मार्च (फागुन २३ गते) स्वदेश फर्किने कार्यक्रम रहेको छ । यसअघि यो सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने कार्यक्रम तय भएको थियो ।

राजनीतिक परिस्थिति, २५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले भ्रमण रद्द गरेपछि उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लागेको स्रोतको दावी छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.