रामेछापमा कांग्रेसका कान्छाराम विजयी

रामेछापमा कांग्रेसका कान्छाराम विजयी

काठमाडौं । रामेछापमा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

सम्पन्न मतगणना अनुसार उनले प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३ सय ६९मतले पराजित गरे ।

तामाङले ४७ हजार ९८ मत ल्याए भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.