भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

राष्ट्रपतिको छातीबाट पानी निकालेर परीक्षण

राष्ट्रपतिको छातीबाट पानी निकालेर परीक्षण

काठमाडौं । छातीको तल्लो भागमा संक्रमण देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेलको फलोअप परीक्षण गरिन लागेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको हो ।

छातीको तल्लो भागमा संक्रमण बढेकाले परीक्षण गर्न लागिएको निजी चिकित्सक डा. निरज बमले बताए । छातीमा निमोनिया, टिबी तथा क्यान्सर हुनसक्ने संकेत देखिएको विशेषज्ञ चिकित्सले बताएका छन् ।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.