भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस पटकका लागि स्थगित

राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस पटकका लागि स्थगित

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाका कारण २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएका छन् । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाका कारण हरेक वर्ष माघ २ गते मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवस सरकारले यस पटकका लागि स्थगित गरेको हो ।

१९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको महाभूकम्पलाई स्मरण गर्दै हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । यसवर्ष पनि २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सरकारी स्तरमै मनाउने तयारी भइरहेको अवस्थामा सरकारले राष्ट्रिय शोक घोषणा गरेका कारण कार्यक्रम स्थगित भएका हुन ।

सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेकाले कुनै पनि औपचारिक कार्यक्रमहरु नुहने भएको हो । भविष्यमा आउन सक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो ।

सोमबार स्थगित गरिएका कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ । भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी थियो । २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

 


Thali Mobile Pvt.Ltd.