भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

राहत रकम धमाधम जुट्दै

राहत रकम धमाधम जुट्दै

काठमाडौं । भूकम्पपीडितको सहायताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा धमाधम रकम जुट्दै छ । भाट्टभटेनी सुपरमार्केटले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

सञ्चालक मीनबहादुर गुरुङले उक्त रकम प्रदान गर्ने बताए । उनले भूकम्पपीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने बताएका छन् । उद्धारका लागि सिटिजन्स बैंक इन्टरनेसनले २५ लाख रुपैयाँ, यती ब्रुअरी (अर्ना बियर)ले २५ लाख, कांग्रेस नेता तथा औषधि व्यवसायी डा.अबुल हुसेन अन्सारीले ४ लाख बराबरको औषधि सहयोग गरेका छन् ।

गैरआवासीय नेपाली संघले सरकारको राहत कोषमा ३१ लाख रुपैयाँ जम्मा गर्न लागेको जनाएको छ । घाइते भएकाहरूको केएमसी अस्पतालले निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रिय सभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन् । यसरी सहयोग जुट्नेक्रम जारी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.