भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राहतका लागि कृषिमन्त्रीले मागे सातै प्रदेशको क्षेति विवरण

राहतका लागि कृषिमन्त्रीले मागे सातै प्रदेशको क्षेति विवरण

काठमाडौं । धानबालीमा भएको क्षतिको विवरण उपलब्ध गराउँन कृषिमन्त्री महेन्द्र राय यादवले सातवटै प्रदेश सरकारसँग माग गरेका छन् । सोही विवरण अनुसार किसानलाई राहतको व्यवस्था गरिने मन्त्री यादवको भनाइ छ ।

यादवले भने, ‘बाढी पहिरोले पूर्व र पश्चिममा ठूलो क्षति भएको छ, तत्काल हामी उद्धार, राहत र व्यवस्थापनमा लागेका छौं, प्रधानमन्त्री निरीक्षणमा जानुभएको छ । मैले कात्तिक ९ मा सातै प्रदेशका कृषि मन्त्रीहरुको बैठक राखेको छु । क्षतिको तथ्यांक आइसकेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबाट राहतको व्यवस्था हुन्छ ।’

प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने भन्दै यादवले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले तीनदेखि पाँच लाखसम्म अल्पकालीन राहत दिने निर्णय पहिले नै गरिसकेको बताए ।

 


Thali Mobile Pvt.Ltd.