भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

रुसी आक्रमणमा चारको मृत्यु बीस घाइते

रुसी आक्रमणमा चारको मृत्यु बीस घाइते

युक्रेन, । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुका साथै २० जना घाइते भएका गभर्नरले बताउनु भएको छ । टर्कीका नेता रेसेप तैयप एर्दोगान र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेट युक्रेनको पश्चिमी शहर एलभिवमा भएको बैठकको केही घण्टा अगाडी यो आक्रमण भएको थियो । खार्किभमा एकदिन अगाडी भएको रुसी आक्रमणमा परी कम्तीमा सात जनाको ज्यान गएको थियो ।

युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मस्कोले फेबु्रअरीको अन्त्यदेखि लगातार रुसी गोलाबारीको शिकार हुदै आएको छ । मस्कोको सेनाले स्थानीय समयानुसार बिहीबार बिहान ४ः३० बजे शहरको पश्चिमी र उत्तरी जिल्लाहरूमा रुसी क्षेत्रबाट आठ क्षेप्यास्त्र प्रहार गरेको खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभल बताउनु भएको छ ।

यस आक्रमणमा धेरै भवनहरू जलेका र सवारी साधनहरु ध्वस्त भएर टुक्रा टुक्रा भएका भग्नावशेष देखको घटनास्थल पुगेका एएफपीका पत्रकारहरुले जानकारी दिएका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण गर्दा सुरुमा नै खार्किभलाई कब्जा गर्ने प्रयास गरेका थिए । यद्यपी शहरका अधिकांश उत्तरी आवासीय जिल्लाहरूमा गोलाबारी गरिरहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.