काठमाडौं । भारतको ओडिशा राज्य बालासोर जिल्लामा भएको भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ९०० बढी यात्रु घाइते भएका छन् ।
हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको हो । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट रेल ठोक्किएको थियो ।
यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको ओडिशाका मुख्य सचिव प्रदीप जेनाले बताएका छन् । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ ।
भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
