भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

रोनाल्डो सार्वजनिक

रोनाल्डो सार्वजनिक

काठमाडौं । विश्व फुटबलका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको क्लब अल नसरले सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा विशेष समारोह गरेर अल नसरले रोनाल्डोलाई आफ्नो जर्सीमा सार्वजनिक गरेको हो ।

हजारौं समर्थक उपस्थित भएको समारोहमा रोनाल्डो सार्वजनिक भएका हुन । रोनाल्डोले साउदी क्लब आफ्नो लागि नयाँ चुनौती भएको बताए । प्रतिस्पर्धात्मक लिगका लागि आफू चुनौतीको सामना गर्दै साउदी आएको उल्लेख गरे । उनले यो आफ्नो अन्तिम लिग नभएको प्रष्ट पारेका छन् ।

साउदी अरेबियाको क्लब अल नसरमा दुई वर्षका लागि अनुबन्ध भएको बताए । पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता भएको हो । साउदी क्लबमा रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा जस्तै ७ नम्बरको जर्सी लगाउने छन् । ३७ वर्षीय पोर्चुगिज स्टारसँग गत महिना म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.