भर्खरै : Sorry, your browser does not support inline SVG.

ललितपुर–१ को मत गणना अन्तिम चरणमा, राणा अगाडि

ललितपुर–१ को मत गणना अन्तिम चरणमा, राणा अगाडि

ललितपुर । निर्वाचन क्षेत्र नम्बर १ को मत गणना अन्तिम चरणमा पुगेको निर्वाचन अधिकृतले बताएका छन् ।

प्राप्त पछिल्लो मत गणना अनुसार कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७ सय ९७ मतसहित अग्रस्थानमा छन् ।

एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६ सय २० मत प्राप्त गरेका छन् । राणा र सिलवालको मतान्तर भने १७७ मात्र रहेको छ ।

घन्टी निर्वाचन चिह्नका सचिन घिमिरेले १ हजार ३ सय ८६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

२२ हजार ६ सय ४० मत खसेको यस क्षेत्रमा यसअघि २०७४ को निर्वाचनमा सिलवाल निर्वाचित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.