लाजनीतिको प्राकाष्टाः चीनले अनुदान दिएको अक्सिजन सिलिन्डरमा वन मन्त्रीको लाजनैतिक अति

लाजनीतिको प्राकाष्टाः चीनले अनुदान दिएको अक्सिजन सिलिन्डरमा वन मन्त्रीको लाजनैतिक अति

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले आफ्नो तस्बीर सजाएर व्यक्तिगत सहयोग भनेर वितरण गरेकोमा जनस्तरबाट आवाज उठेको छ ।

डोटी जिल्लाबाट विजयी भएका पूर्व सांसद समेत रहेका केन्द्रीय सरकारका मन्त्री आलेले आफ्नै खर्चमा गृहजिल्लामा मेडिकल सामग्री पुर्याएको दावी गरेका छन् । उनकै गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे्टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत छन् ।

सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो लगानीमा किनेर दिएको आलेको सचिवालयका कर्मचारीको दाबी छ । डोटी पुर्याएका सिलिन्डरदेखि औषधीका प्याकेटसम्ममा आलेको तस्बीर टाँसिएको छ ।

नीला अक्सिजनका सिलिन्डरमा समेत आलेको तस्विर टाँसिएको छ । ति सिलिन्डर केहीदिन अघि चीन सरकारले नेपाललाई अनुदानमा दिएको खुलासा भएको छ । चीनबाट गत वैशाख २१ गते २ हजार अक्सिजनको खाली सिलिन्डर नेपाल आएको थियो । सोही सिलिन्डरमै मन्त्री आलेले आफ्नो तस्विर राखेर गृहजिल्लामा प्रचार गरेको डोटी स्रोतले दावी गरेको छ ।

यद्धपी आलेले भने सोही सिलिन्डरहर आफ्नै खर्चमा किनेर डोटी अस्पतालमा सहयोग गरेको दाबी गरेका छन् । जनता कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा लाजनीति भनेर चर्को आलोचना समेत भइरहेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.