काठमाडौं । लिगलिगकोट–सिरानचोक–गोरखा दरबार दौड नेपाली सेनाका धावक तीर्थबहादुर तामाङले जितेका छन् । तीन घन्टा ११ मिनेट १ सेकेन्डमा उनले ४२ किमी दौड पूरा गरेका हुन् ।
दौडमा ९४ जना धावक सहभागी रहेको आयोजकले जनाएको छ । दौडमा पहिलो भएर सेनाका भवानी दल गणका तामाङले एक लाख ५० हजार नगदसहित पुरस्कार पाएका छन् ।
भारतीय सेनामा कार्यरत अनिश थापा मगर भने दौडमा दोस्रो भए । उनले तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरेर एक लाख पुरस्कार पाए । तेस्रो नेपाली सेनाको बरख दल गणका मोहनदेव जोशी भए ।
उनले तीन घन्टा १५ मिनेट १५ सेकेन्डमा दौड पूरा गरेर ७५ हजार पुरस्कार पाए । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाले सेनाको रिपुमर्दन दल गणसँग समन्वय गर्दै वर्षेनी दौड हुदै आएको छ।
