भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लिगलिग–गोरखा दरबार ४२ किमी दौड नेपाली सेनाले जित्यो

लिगलिग–गोरखा दरबार ४२ किमी दौड नेपाली सेनाले जित्यो

काठमाडौं । लिगलिगकोट–सिरानचोक–गोरखा दरबार दौड नेपाली सेनाका धावक तीर्थबहादुर तामाङले जितेका छन् । तीन घन्टा ११ मिनेट १ सेकेन्डमा उनले ४२ किमी दौड पूरा गरेका हुन् ।

दौडमा ९४ जना धावक सहभागी रहेको आयोजकले जनाएको छ । दौडमा पहिलो भएर सेनाका भवानी दल गणका तामाङले एक लाख ५० हजार नगदसहित पुरस्कार पाएका छन् ।

भारतीय सेनामा कार्यरत अनिश थापा मगर भने दौडमा दोस्रो भए । उनले तीन घन्टा १२ मिनेट १७ सेकेन्डमा दौड पूरा गरेर एक लाख पुरस्कार पाए । तेस्रो नेपाली सेनाको बरख दल गणका मोहनदेव जोशी भए ।

उनले तीन घन्टा १५ मिनेट १५ सेकेन्डमा दौड पूरा गरेर ७५ हजार पुरस्कार पाए । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाले सेनाको रिपुमर्दन दल गणसँग समन्वय गर्दै वर्षेनी दौड हुदै आएको छ।

 


Thali Mobile Pvt.Ltd.