काठमाडौं । दशैंको अवसरमा पिङ खेल्ने संस्कृति पनि अनौठो छ । दशैंमा तीन प्रकारका पीङ देख्न पाइन्छन् । दशैंको समयमा लगाइने पहिलो हो–लिंगे पिङ, दोस्रो रोटे पिङ र तेस्रो, घरघरमा केटाकेटीका लागि बनाइएका स–साना पिङ देख्न पाइन्छ ।
वर्षमा एक पटक भुई छोड्नु पर्छ भन्ने मानेता अनुसार केटाकेटीहरु रमाइलोका लागि पिङमा झुमिन्छन् । बूढापाकाहरुले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता समेत रहेको छ । गाउँघरमा वयस्क युवायुवतीहरु एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ ।

