भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

वामदेवकाे राेइलाे : ‘मलाई राष्ट्रिय सभामा लैजाउ’

वामदेवकाे राेइलाे : ‘मलाई राष्ट्रिय सभामा लैजाउ’

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय ओली र प्रचण्डलाई भेटेर आफू राष्ट्रिय सभा र सरकारमा जाने बताएका छन् ।

पार्टी निर्णय कार्यान्वयनको अडान राख्दै राष्ट्रिय सभाको सांसदमा मनोनीत हुने रुचि राखेपछि समाधानको तहमा पुगेको नेकपाको विवाद पुनः बल्झिने संकेत देखिएको छ ।

अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई निरन्तरता दिने गरी राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सांसदमा सिफारिस गर्ने तयारी गरिरहेकै वेला गौतमले सोमबार सार्वजनिक रूपमै मलाई राष्ट्रिय सभामा लैजाउ भनेपछि विवाद बल्झिने संकेत देखिएको हो । गौतमले प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटेर नै सो विषयमा अडान लगेको नेकपाले जनाएको छ ।

बिहान बालुवाटार पुगेका गौतमले पुरानो निर्णयअनुसार आफू राष्ट्रिय सभामा जाने र सरकारमा पनि सहभागी हुने इच्छा व्यक्त गरेको बालुवाटार स्रोतले बताएको छ । तर ओली नै गौतमका लागि तगारो बनिरहेको स्रोतको दावि छ ।

 


Thali Mobile Pvt.Ltd.