भर्खरै : Sorry, your browser does not support inline SVG.

विद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै स्कूल

विद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै स्कूल

भरतपुर । चितवनको कालिका नगरपालिका वडा नं ५ पदमपुरकी समीक्षा चौधरी गाउँकै भीमोदय नमुना माध्यामिक विद्यालय कक्षा १२ मा बालीविज्ञान विषय पढ्नुहुन्छ । विद्यालयमै उहाँले केरा, टमाटर र च्याउ उत्पादनको काम पनि गरिरहनुभएको छ । घरमा खेती किसानी नगर्नुभएकी उहाँ विद्यालयमा सबै साथीभाइसँग मिलेर काम गर्न पाउँदा दङ्ग हुनुहुन्छ ।“पहिलो पटक विद्यालयमै मौरीको मह काड्न सिके”, उहाँ भन्नुहुन्छ”, “च्याउ उत्पादनको तरिकाबारे पनि राम्रो ज्ञान लिएकी छु ।” परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन थालेको समीक्षा बताउनुहुन्छ ।

“घरमा काम गर्नुपरेको थिएन्”, कक्षा ११ का छात्र अमितजी गुप्ता भन्नुहुन्छ, “यहाँ सबैजनासँग काम गर्दा रमाइलो पनि हुन्छ । पैसाभन्दा सिक्न पाइएको छ”, उहाँको भनाइ छ, “यहाँ उत्पादन भएको बस्तु बेचेर जम्मा भएको पैसा विद्यालयले हामीलाई नै दिने गरेको छ ।” गुप्ता यहाँ कक्षा नौदेखि कृषि विषय लिएर पढ्दै आउनुभएको छ । पढेर सकेपछि पनि यही क्षेत्रमा काम गर्ने योजना रहेको र विद्यालयमा सिकेको कुरा घरमा गएर अभिभावकलाई पनि सिकाउन थालेको उहाँ बताउनुुहुन्छ ।

कृषि विषय पढ्दै आएका विद्यार्थी खाली समयमा तरकारी खेतीमा नै व्यस्त हुन्छन् । अहिले विद्यार्थीले टमाटर र च्याउखेती गर्नाका साथै १२ कट्ठा जमिनमा केरा पनि लगाएका छन् । ड्रागन फ्रुट र मेवा पनि लगाएका विद्यार्थीले गड््यौला मल पनि विद्यार्थी उत्पादन गर्दै आएका छन् । बाली विज्ञान विषय पढ्ने विद्यार्थीकै लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पन्ध्र घार मौरी सहयोग गरेको छ । यही घारबाट विद्यार्थीले ५० केजी मह उत्पादन गरेर बिक्रीसमेत गरेकोे विद्यालयका बाली विज्ञान विषय शिक्षक सन्तोष भण्डारी बताउनुहुन्छ ।“पाँच सय रुपैयाँ केजीका दरले मह बिक्री भयो”, उहाँ भन्नुहुन्छ, “पहिलो प्राथमिकतामा स्कुलका विद्यार्थी र शिक्षकलाई बिक्री गविद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै स्कूलयौँ ।” दुई सय केजी टमाटर बिक्री भइसकेको र फेरि फल्न सुरु गरेको शिक्षक भण्डारी बताउनुहुन्छ । तिहारका बेलामा सयपत्री फूलको माला उत्पादन गरेर बिक्रीसमेत गरिएको थियो ।

आफूले पढेको विषयमा विद्यालयमै प्रयोगात्मकरुपले व्यवहारमा उतार्न पाउँदा विद्यार्थी खुसी देखिएको शिक्षक भण्डारी बताउनुहुन्छ । विद्यार्थीले सिकाइकै क्रममा कमाइ पनि गर्न सक्छन् । “स्कूलले लगानी गर्छ”, उहाँ भन्नुहुन्छ, “काम र त्यसको प्रतिफल पनि विद्यार्थीले नै लिने गर्छन् । यस कार्यक्रमबाट विद्यार्थीले आफ्नो उद्यमशीलाताको विकास गरेका छन् । ”विसं २०७४ देखि विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरेको विद्यालयले उत्पादनलाई बजारीकरणसँग पनि जोडेको छ । “विद्यार्थीलाई खेतीपातीमा लाग्न सिकाउँदा अभिभावकहरू रिसाउँछन् कि भन्ने लागेको थियो”, प्रधानाध्यापक इन्द्रनाथ पौडेल भन्नुहुन्छ, “तर अहिले उनीहरू नै हाम्रा छोराछोरीलाई राम्र्रोसँग सिकाइदिनु है सर भन्दै आउँछन् । टाढाटाढाबाट पनि यो विषय पढ्न विद्यार्थी आउने गरेका छन् । बुझेका अभिभावक र विद्यार्थी यो विषयमा आकर्षित हुने गरेका छन् ।”

कक्षाकोठाभित्र पढाइमा क्रियाशील नहुने विद्यार्थी पनि प्रयोगात्मक सिकाइमा बढी क्रियाशील हुने गरेको उहाँको भनाइ छ । विद्यार्थीले विषादीरहित उत्पादनमा जोड दिइरहेका छन् । मल बोक्ने, बारी खनजोत, तरकारी गोडमेल विद्यार्थी आफैँले गर्छन् । सामूहिक प्रयासको अभ्यासमा उत्पादनसँगै सिकिरहेका पनि छन् । “पढेपछि जागिर नै खानुपर्छ भन्ने मान्यता देखिने गरेकामा अहिले पढेकाहरूले पनि आफ्नै देशको माटोमा पौरख गर्न सक्छन्, अझ भन्ने हो भने पढाइअनुसारको काम ग¥यो भने उत्पादनमा पनि सहयोग पुग्छ । मरुभूमिमा उत्पादन भएका वस्तु हामी खाइरहेका छौँ तर हरेक चिज फल्ने देशमा भने माटो सुहाउँदो पढाइ पनि भइरहेको छैन”, प्रअ पौडेल भन्नुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.