भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते

बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते

एजेन्सी । भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लामा तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर भीडमा पस्दा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

बेतिया–लौरिया मुख्य मार्गअन्तर्गत एनएच–७२७ मा शुक्रबार राति करिब ११ बजे दुर्घटना भएको हो। गोरखपुरबाट बेतियातर्फ जाँदै गरेको शाही बस बसवरिया र पराउटोला बीचमा छठिहार समारोहका क्रममा आयोजित अर्केस्ट्रा कार्यक्रम हेरिरहेका मानिसहरूको भीडमा पसेको थियो।

स्थानीयका अनुसार विपरीत दिशाबाट ग्यास सिलिन्डर बोकेको ट्रक आइरहेको समयमा बस चालकले नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारमा रहेका मानिसहरूलाई ठक्कर दिँदै अघि बढेको बताइएको छ।

दुर्घटनामा सञ्जय महतो, भोला दुबे, बहादुर महतो, देवेन्द्र दुबे र छांगुर रामको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप तीन जनाले ज्यान गुमाएका हुन्। घाइते पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा तीव्र गतिलाई दुर्घटनाको सम्भावित कारण मानेको छ।

 


Thali Mobile Pvt.Ltd.