भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा

साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा

काठमाडौँ, ६ भदाै । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्दै आवश्यक लगानी र सञ्चालनको मोडालिटीबारे छलफल भइरहेको बताउनुभएको हो।

निरीक्षणका क्रममा मन्त्री यादवले नेपाली सेना तथा सम्बन्धित सरोकारवालासँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सिर्जनाका विषयमा जानकारी लिनुभएको थियो। साढे दुई दशकदेखि बन्द रहेको उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मतसम्भार गराइरहेको छ।

गएको साउन २३ गतेदेखि उद्योगका दुईवटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादनसमेत सुरु गरिएको छ। उद्योगका ४ सय ८८ मेसिनमध्ये हाल १२ वटा मात्रै सञ्चालनयोग्य अवस्थामा रहेको जानकारी निरीक्षणका क्रममा दिइएको थियो।

चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योग राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो।

सरकारले उद्योग पुनः सञ्चालनको तयारी अघि बढाएसँगै लामो समयदेखि बन्द रहेको ऐतिहासिक उद्योगले पुनर्जीवन पाउने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.