भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा

साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा

काठमाडौँ, ६ भदाै । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्दै आवश्यक लगानी र सञ्चालनको मोडालिटीबारे छलफल भइरहेको बताउनुभएको हो।

निरीक्षणका क्रममा मन्त्री यादवले नेपाली सेना तथा सम्बन्धित सरोकारवालासँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सिर्जनाका विषयमा जानकारी लिनुभएको थियो। साढे दुई दशकदेखि बन्द रहेको उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मतसम्भार गराइरहेको छ।

गएको साउन २३ गतेदेखि उद्योगका दुईवटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादनसमेत सुरु गरिएको छ। उद्योगका ४ सय ८८ मेसिनमध्ये हाल १२ वटा मात्रै सञ्चालनयोग्य अवस्थामा रहेको जानकारी निरीक्षणका क्रममा दिइएको थियो।

चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौँडा कपडा उद्योग राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो।

सरकारले उद्योग पुनः सञ्चालनको तयारी अघि बढाएसँगै लामो समयदेखि बन्द रहेको ऐतिहासिक उद्योगले पुनर्जीवन पाउने र रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.