भर्खरै : Sorry, your browser does not support inline SVG.

‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान

‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान

बलेवा । जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान सुरु भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो ।सामाजिक संस्था ‘हाम्रो जैमिनी संस्था’ले अक्षयकोष स्थापनाको पहिलो चरणको अभियान सुरु गरेको छ । दाताहरुकै सहयोगका भरमा उक्त अभियान सुरु गरिएको संस्थापक छायादत्त चापागाईंले बताउनुभयो ।पहिलो चरणमा नगरपालिका–७ जैदीमा रहेको संस्कृत मावि, वडा नं ८ छिस्तीमा रहेको जनकल्याण मावि, वडा नं ६ अर्जेवामा रहेको जनकल्याण मावि, वडा नं ५ बिनामारेमा रहेको सर्वोदय जनक मावि र वडा नं ४ सर्कुवामा रहेको जनता माविलाई अक्षयकोषको रकम प्रदान गरिएको छ । उक्त संस्थाले विद्यालयमै रहनेगरी प्रतिविद्यालय रु १५ हजार प्रदान गरेको हो ।

कोषबाट आउने वार्षिक व्याजबाट माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अङ्क ल्याउने वा आवश्यकताका आधारमा जहेन्दार विद्यार्थीलाई विद्यालयले छात्रावृत्ति प्रदान गर्न अन्य स्रोत खोजी गरी कोष वृद्धि गर्नसक्ने उहाँले बताउनुभयो ।पहिलो चरणमा पाँच वटा मात्रै विद्यालयका लागि कोषको रकम प्रदान गरिएको भए पनि क्रमशः १० वटै वडाका एक÷एक वटा विद्यालयमा पु¥याइने संस्थापक चापागाईंले जानकारी दिनुभयो । उक्त संस्थाले नेपालमा र विदेशमा रहेका संस्थाका सदस्यबाट स्वःस्फूर्त सहयोग सङ्कलन गरेर कोषका लागि पैसा जम्मा गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.