भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

१९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’

१९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’

मुख्य बुँदा

लघुवित्त, मिटरब्याज र सहकारीपीडितको काठमाडौंमा धर्ना।

सुनसरीको इनरुवाबाट १९ दिन पैदल हिँडेर पीडित काठमाडौं आइपुगे।

हरिहरभवन क्षेत्रमा सात दिनदेखि सडकपेटीमै बसेर आन्दोलन।

घरबार र सम्पत्ति गुमेको भन्दै पीडितले न्याय र पुनःस्थापनाको माग गरेका छन्।

चर्को घाम, वर्षा र सडकको कठिन परिस्थितिका कारण धेरै बिरामी।

निःशुल्क स्वास्थ्य शिविरमा कुपोषण, डिहाइड्रेसन, ज्वरो र उच्च रक्तचापका समस्या देखिएको छ।

‘हामी अपराधी होइनौँ, हामी नागरिक हौँ’ भन्दै राज्यसँग न्यायको अपिल।

काठमाडाैं, ६ भदाै । काठमाडौंको हरिहरभवन क्षेत्रमा लघुवित्त, मिटरब्याज र सहकारीपीडितहरू विगत सात दिनदेखि सडकपेटीमै बसेर न्यायको माग गरिरहेका छन्। सुनसरीको इनरुवाबाट १९ दिनसम्म पैदल यात्रा गरेर काठमाडौं आएका उनीहरू सहित देशका विभिन्न स्थानबाट आएका पीडितले आफूहरूको घरबार, सम्पत्ति र भविष्य ऋणको समस्याका कारण संकटमा परेको बताएका छन्।

चर्को घाम, वर्षा, धुलो र कठिन परिस्थितिका बीच त्रिपालमुनि रात बिताउँदै आएका पीडितले सरकारसँग आफ्नो घर, परिवार र भविष्य फर्काइदिन माग गरेका छन्। धर्नास्थलमा ‘हाम्रो घर फर्काइदेऊ सरकार, हाम्रो परिवार फर्काइदेऊ’ र ‘हामी अपराधी होइनौँ, हामी नागरिक हौँ’ लगायतका प्लेकार्ड राखिएका छन्।

लामो पैदल यात्राका कारण धेरै पीडितका खुट्टामा घाउ भएका छन्। धर्नास्थलमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा कुपोषण, डिहाइड्रेसन, ज्वरो र उच्च रक्तचापलगायत समस्या देखिएको जनाइएको छ।

पीडितहरूले आफ्नै देशको सरकारबाट न्याय नपाएको भन्दै अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराएका छन्। उनीहरूले साहु तथा विचौलियाको शोषणबाट मुक्ति, गुमेको घरबास र सम्पत्ति फिर्ता तथा न्यायको माग गरेका छन्।

१९ दिनको पैदल यात्रापछि काठमाडौंको सडकमा आइपुगेका पीडितको आन्दोलन अझै जारी छ। उनीहरूको प्रश्न छ—सडकमा उठेको यो आवाज सिंहदरबारसम्म कहिले पुग्छ र राज्यले उनीहरूलाई न्याय कहिले दिन्छ?

 


Thali Mobile Pvt.Ltd.