भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै?

चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै?

काठमाडौँ, ६ भदाै । चालु वर्षको चार महिनामा देशभर पाँच हजारभन्दा बढी विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ५ गतेसम्म मात्रै देशभर ५ हजार १४ वटा विपद्का घटना भएका हुन्।

यी घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन्। विपद्का कारण देशभर ६ हजार २७२ परिवार प्रभावित भएका छन्।प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै आगलागीका १ हजार १३६ घटना भएका छन्। त्यसपछि पहिरोका १ हजार ११ र सर्पदंशका १ हजार १० घटना भएका छन्।

त्यस्तै, चार महिनाको अवधिमा हावाहुरीका ४८० र चट्याङका २४५ घटना भएका छन्। बाढी, हिमपहिरो, जनावरको आक्रमणलगायत अन्य विभिन्न प्रकारका विपद्का घटनासमेत भएको प्राधिकरणले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.