भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै?

चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै?

काठमाडौँ, ६ भदाै । चालु वर्षको चार महिनामा देशभर पाँच हजारभन्दा बढी विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ५ गतेसम्म मात्रै देशभर ५ हजार १४ वटा विपद्का घटना भएका हुन्।

यी घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन्। विपद्का कारण देशभर ६ हजार २७२ परिवार प्रभावित भएका छन्।प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै आगलागीका १ हजार १३६ घटना भएका छन्। त्यसपछि पहिरोका १ हजार ११ र सर्पदंशका १ हजार १० घटना भएका छन्।

त्यस्तै, चार महिनाको अवधिमा हावाहुरीका ४८० र चट्याङका २४५ घटना भएका छन्। बाढी, हिमपहिरो, जनावरको आक्रमणलगायत अन्य विभिन्न प्रकारका विपद्का घटनासमेत भएको प्राधिकरणले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.