भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्युत प्रशारण लाइनमा पुरुष हिँड्दा सेना गुहारियो

विद्युत प्रशारण लाइनमा पुरुष हिँड्दा सेना गुहारियो

काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष हिडेपछि नेपाल विद्युत प्राधिकरणले उनलाई तल झार्न सेनाको गुहार माग्न प¥यो । विद्युत उत्पादन बन्द गरेर उनको उद्धार गर्दा झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गर्न परेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास असफल भएको थियो ।

बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको कुलमान घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र सेनालाई गुहारेको हो ।

बोलाउँदा झन् झन् माथि गइरहेको त्यो मानिसलाई नेपाली सेनालाई पनि धौधौ परेको छ । आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार नभएपछि समातेर ल्याउन नसकिएको हो । घिसिङले ती ब्यक्तिमा मानसिक समस्या रहेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.