विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

काठमाडौं । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि भिडन्त भएको हो । प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले बताएको छ ।

जिल्ला इञ्चार्ज उत्तरकुमार राईसहितका कार्यकर्ता मैदानेको एक घरमा बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

 


Thali Mobile Pvt.Ltd.