विराटनगर । आगामी चैत अन्तिम साताबाट विराटनगरमा विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
औद्योगिक नगरीको पहिचान बनाएको विराटनगरमा चैत २५ गतेबाट प्रतियोगिता आयोजना गरिने भएको हो ।
विराटनगरस्थित शहीद रंगशालामा प्रतियोगिता २०७८ वैशाख ४ गतेसम्म सञ्चालन हुने छ ।
प्रदेश सरकारले करिब ४ करोड लगानीमा रंगशालामा फ्लड लाइट जडान गरेपछि आगामी चैत २५ गतेबाट डे–नाइट रुपमा प्रतियोगिता गरिनेछ ।
